ghar sansar

बेदकोटका कलौनीले वृद्धाश्रममा मनाए छोरीको पहिलो जन्म दिन

khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ लालपुरका बिरेन्द्र कलौनीले आफ्नो छोरीको पहिलो जन्म दिन वृद्धाश्रममा मनाएका छन् । कलौनीले छोरी आरबीको जन्म दिन बेदकोट नगरपालिका ७ स्थित बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा मनाएका छन् ।

कोरियामा भएका कलौनी समाजसेवी तथा कला संस्कृति क्षेत्रका परिचित छन् । छोरीको जन्म दिनका वृद्धााश्रममा १३ जना वृद्धवृद्धालाई फलफूल वितरण गरेका छन् । बिरेन्द्र कलौनी हाल कोरियामा कार्यरत छन् ।

ratnam

आरविका जेठा बुवा तथा युवा सर्जक प्रकाश कलौनीले घरमा लक्ष्मी आगमनको एक वर्ष पूरा भएसँगै वृद्ध आमाबुबाको आशीर्वाद प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरे।

dirghayi clinic

उनले भने ’घरमा लक्ष्मी आगमनको एक वर्ष पूरा भएको छ यो महत्वपूर्ण दिनमा वृद्ध आमाबुवा संग आशीर्वाद प्राप्त गर्न पाउँदा खुसी लागेको छ ।’ भाइ हाल कोरियामा भएपनि स–परिवार वृद्ध आश्रममा गएर फलफूल वितरण गरेको युवा सर्जक कलौनीले बताए ।

पछिल्लो समय युवाहरु आफनो जन्मदिन होटलमा गएर मनाउने र फजुल खर्च गर्ने परिवेष रहेको अवस्थामा आफुले होटलमा गएर फजुल खर्च गर्न नचाहेर वृद्ध आमाबुबालाई फलफूल वितरण गरेर जन्मदिन मनाएको उनको भनाइ रहेको छ । हरेक युवाले होटलमा गएर आफनो जन्मदिन मनाउनु खर्च गर्नु भन्दा वृद्धाश्रममा आएर सहयोग गर्न उनले आग्रह गरे ।

श्री बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रका कर्मचारी बहादुर बिष्टले आरवी कलौनीलाई पहिलो जन्मदिनको शुभकामना व्यक्त गर्दै जन्मदिनको अवसरमा वृद्धाश्रममा आएर असहाय वृद्धवृद्धालाई सहयोग गरेकोमा आभार प्रकट गरे। साथै बिष्टले सबैलाई होटलमा गएर फजुल खर्च नगरी असहाय वृद्धवृद्धालाई आफूले सकेको सहयोग गर्न आग्रह गरेका छन् ।

युवा सर्जक प्रकाश कलौनीले पनि केही दिन अघि मात्रै आफ्नो छोराको ५ औँ जन्मदिनको अवसरमा अनाथालयमा शैक्षिक सामग्री तथा फलफूल वितरण गरेका थिए।

Himal dental
सम्बन्धित
Loading...