ghar sansar

एमाले कञ्चनपुर इन्चार्ज रानालाई केन्द्रीय सदस्य बोहराको खुट्टा भाँच्ने धम्की

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेकी केन्द्रीय सदस्य कमला बोहराले नारदमुनी रानाको खुट्टा भाच्ने धम्की दिएकी छिन्। धनगढी घर भएका एमाले नेता, पोलिटब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्जसमेत रहेका रानालाई पार्टी हेडक्वार्टरभित्रै बोहराले खुट्टा भाच्ने धम्की दिएकी हुन् ।

स्रोतका अनुसार रानासहित एमाले महासचिव शंकर पोखरेलको कार्यकक्षमा मंसिर पहिलो सातातिर बसेको बैठ्कमा बोहराले त्यसरी धम्काएपछि महासचिव पोखरेल र राना चुपचाप लागेका थिए । सो बैठकमा एमाले कञ्चनपुरका अन्य नेता पनि सहभागि थिए ।

,orning glory badhai
dirghayi clinic

जिल्लामा युवा संघको अधिवेशनमा भएको विवाद काण्डमा आफू निकट कार्यकर्तालाई कारबाही गरेको र उनीहरुको कारबाही फुकुवा नहुदाँ बोहराले रानालाई धम्काएको बताइएको छ ।

सो धम्की काण्डपछि राना त रिसाए नै केपी शर्मा ओली कहाँ पनि सो कुरो पुगेको र उनी रिसाएको बुझिएको छ । उहिले बामदेव झलनाथ क्याम्प छोडेर नवौं महाधिवेशनमा ओलीतिर फर्किएकी बोहरालाई अहिले ओली फकाउन चाकडी गर्नु परेको एकथरी नेताहरुले बताएका छन् । पार्टीमा इमान्दार भएर काम गर्ने थारुलाई निरुत्साहित गरेको भन्दै ओली रिसाएका हुन् ।

यसरी आफूलाई अध्यक्ष ओलीको विश्वासपात्र भन्ने बोहरासंग ओली रिसाएपछि बा फकाउन उनी दिनदिनै बालकोट धाउने गरेकी छिन् । बोहराले प्राय जसो ओलीसंग फेसबुक भिडियो रिल बनाएर पोस्ट गर्ने गरेकी छिन् ।

साभार : महेन्द्रनगर पोष्ट

Himal dental
सम्बन्धित
Loading...