ghar sansar

महाकाली पुल : ठेक्का म्याद हुँदासम्म काम ठप्प, म्याद सकिएपछि निर्माण सुरु

little buddha academy
khasi

महेन्द्रनगर । ठेकेदार कम्पनीले महाकाली नदीमा सात महिनादेखि रोकिएको निर्माण पुल निर्माण कार्य कार्य ठेक्काको म्याद नथपी सुरु गरेको छ । महाकाली पुल आयोजनाले भुक्तानी नदिएको भन्दै ठेकेदार कम्पनीले गत असोजदेखि पुल निर्माण कार्य बन्द गरेको थियो ।

महाकाली पुल आयोजनाले केही दिन अघि २१ करोड ३१ लाख भुक्तानी दिएपछि पुल निर्माण कार्य अघि बढेको हो । आयोजनाले ठेकेदार कम्पनीलाई चैत १५ गते अन्तिम म्याद सहित दुई वर्ष अघि ठेक्काको म्याद थप गरेको थियो ।

,orning glory badhai

ठेकेदार कम्पनी पिके श्रेष्ठ–कुमार श्रेष्ठ सिएफइसी जेभीले २०७४ मा तीन वर्षका लागि ठेक्का सम्झौता गरी पुल निर्माण सुरु गरेको थियो । कोरोना महामारी, डिजाइन परिवर्तन लगायतका कारण देखाएर ढिलो भएको भन्दै ठेकेदार कम्पनीले अन्तिम पटकका लागि चैत १५ गतेसम्मका लागि म्याद थप गरेको थियो ।

आयोजनाले भुक्तानी नदिएको भन्दै ठेकेदार कम्पनीले म्याद थपको अन्तिम मिति अघिसम्म निर्माण कार्य रोकेको हो । भुक्तानी पाएपछि चैत पहिलो सातादेखि निर्माण कार्य सुरु गरिएको छ ।

पुल निर्माण कार्य सुरु गरिए पनि अझैसम्म ठेक्काको म्याद थप गरिएको छैन । महाकाली पुल आयोजनाले म्याद थप प्रक्रिया अघि बढाएको छ । आयोजनाले विभागमा म्याद थपका लागि सबै काज्गजात पठाई सकेको छ ।

महाकाली पुल आयोजनाका सूचना अधिकारी दुर्गादत्त अवस्थीले चैत पहिलो सातादेखि पुल निर्माण कार्य सुरु भएको बताए ।

‘भुक्तानी दिन सकिएको थिएन, त्यही भएर काम रोकिएको हो, अहिले भुक्तानी पाएपछि काम सुरु गरिएको छ’ उनले भने,‘ठेक्काको म्याद थपका लागि आवश्यक प्रक्रिया अघि बढाएका छौ ।’

कार्यालयका अनुसार २०८१ कार्तिक २१ गतेसम्मका लागि म्याद थप गर्न लागिएको हो । पुल निर्माणमा पाँचौ पटक म्याद थप हुन लागेको हो ।

dirghayi clinic

आयोजना सुरु भएपछि चार पटक भेरिएसन गरिएको छ । त्यसमध्ये अहिले भरिएसन तीन अनुसार ठेकेदार कम्पनीलाई भुक्तानी दिइएको छ । चौथो भेरिएसनको भुक्तानी प्रक्रियामा छ ।

पुुल निर्माणमा हालसम्म ९० दशमवल १९ प्रतिशत वित्तिय र ९५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

पुल निर्माण कार्य झण्डै सकिए पनि दुबैतिर पोखरी निर्माण कार्य जारी छ । पुलको भीमदत्त र दोधारा चाँदनी दुबैतिरको ७ दशमलव ८ किलोमिटर पहुँच मार्गमध्ये दुई किलोमिटर मार्ग कालोपत्रे गर्न अझै बाँकी छ ।

२०७४ मा पुल निर्माणका लागि तीन अर्ब ६६ करोड पाँच लाख ४६ हजारमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार ७ दशमलव ८ मिलोमिटरको पहुँचमार्ग, चार पोखरी र नदीमा तटबन्ध, ८ सय मिटर पुल निर्माण निर्माण लगायतका कार्य छन् । हालसम्म ठेकेदार कम्पनीले तीन अर्ब बढी भुक्तानी लिइ सकेको छ ।

२०७७ भदौ २० गतेमा सम्पन्न गर्नु पर्ने कामको शिलान्यास तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । शिलान्यासपछि शिलालेखलाई लिएर विवाद भएपछि शिलालेख हटाइएको थियो ।

ठेकेदार कम्पनीले डिजाइन परिवर्तनका लागि चलाखीपूवर्क पुल निर्माणसंगै दुबैतिर पोखरी निर्माण पनि सुरु गरेको थियो । सम्झौता अनुसार बुल्डरको व्यवस्थापन नगरी निर्माण गरिएका पोखरी र पहुँच मार्ग बाढीले भत्काएको थियो । भेरिएसनका लागि ठेकेदार कम्पनीले बुल्डर व्यवस्थापन नगरी पहुँच मार्ग निर्माण गरेको थियो ।

पुलको दुवैतर्फ २ हजार ६ सय मिटर लामो पोखरी बनाउन दुई सय ५० किलोका ठूला परिमाणका ढुंगा राख्ने सम्झौता थियो ।

सम्झौता अनुसार बुल्डर ल्याउन नसकेपछि ठेकेदार योजना डिजाइन संशोधन गरिएको हो । डिजाइन संशोधनको प्रक्रियाले भने केही ढिलाई हुन पुगेको सडक विभागका अधिकारीहरु बताउँछन् ।

महाकाली पुल निर्माण सरकारको पहिलो प्राथमिकता योजना हो । दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली कोरिडोरसित जोड्ने गरी पुल निर्माण गर्न लागिएको हो ।

पुल निर्माण भएपछि महेन्द्रनगर र दोधारा चाँदनी स्थल मार्गबाट जोडिएका छन् । यस अघि झोलुङ्गे पुलबाट दोधारा चाँदनी र महेन्द्रनगर आउजाउ हुँदै आएको थियो ।

Himal dental
सम्बन्धित
Loading...