ghar sansar

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी गर्दै नागरिक उन्मुक्ति गर्यो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

little buddha academy
khasi

महेन्द्रनगर । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । उन्मुक्तिको शनिबार बसेको बैठकले सुदुरपश्चिममा मुख्यमन्त्री दाबी गर्ने निर्णय गर्दै लुम्बिनी र सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

dirghayi clinic

उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षले सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीलाई समर्थन गरेको थियो । सरकारलाई समर्थन उन्मुक्तिका कैलाश चौधरी भौतिक पूर्वाधार मन्त्री भएका छन् ।

,orning glory badhai

बैठकले नेताहरुमाथि गरिएको कारबाही फुकुवा गर्ने, सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्ने, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने लगायतका मुद्दाको सवालमा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसँग एकमत हुने निर्णय बैठमा भएको बताए । विवादमा अल्झिएको नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले पार्टी अध्यक्ष श्रेष्ठलाई पार्टी र सरकार चलाउन आग्रह गरेको जनाएका छन् ।

फेसबुकमार्फत उनले यस्तो जनाएका हुन् । उनले पार्टीका महासचिव ठाकुरसिंह थारुलाई साक्षी राखेर पार्टी र सरकार चलाउन आग्रह गरेको बताए । यस्तै रेशमलालले श्रेष्ठसहितको भेटघाटबारे जानकारी दिदै आफूहरूले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने दाबी गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...