ghar sansar

भीमदत्तको कमिसन विरुद्ध माओवादीको वाइसीएल आन्दोलित, उप मेयरलाई ज्ञापन बुझायो, सशक्त आन्दोलनको चेतावनी

little buddha academy
khasi

महेन्द्रनगर । सत्तारुढ नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसीएल) ले भीमदत्त नगरपालिकाका कमिसनको बार्गेनिङ्ग गरी विकास योजना बाँडिएको भन्दै उप मेयर निलम लेखक जोशीलाई ज्ञापन बुझाएको छ ।

भीमदत्तका मेयर पदम बोगटी कार्यालयमा नभएपछि बाइसीएलले उप प्रमुख जोशीलाई ज्ञापन बुझाएको हो । भीमदत्तमा मेयर बोगटीको सल्लाहमा उप मेयर जोशीले कामकाज गर्दै आएकी छन् ।

,orning glory badhai
dirghayi clinic

वाईसियल भीमदत्त नगरपालिका इन्चार्ज तुल बहादुर थापाले नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा कमिसनका लागि विकास योजना बाँडिएकाले त्यसलाई रोक्न माग गरिएको बताए ।

‘गत बर्षदेखि हालसम्म नगरपालिकादेखि सबै वडाहरुमा वितरण भएका योजना फेरि पनि कमिसनको खेल भईरहेको हामीले जनगुनासो पाएरै प्रमुख नभेटिएपछि उप प्रमुखलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएका छौँ, ‘इन्चार्ज थापाले भने, ‘पालिका सेकेनमेनलाई बुझाएको यो ज्ञापन पत्र बारे सुनुवाई नभएर सशक्त आन्दोलन गछौँ ।’

राजनीतिक पहुँच र कमिसनको भरमा योजना वितरणले नागरिकलाई स्थानीय सरकारको आभास समेत नभएको अवस्थामा आफूहरुले स्थानीय सरकारको ध्यानार्षण गराएको बताए ।

Himal dental
सम्बन्धित
Loading...