ghar sansar

सुदूरपश्चिम सरकारमा विना विभागीय मन्त्रीको ओइरो

khasi

महेन्द्रनगर । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमबार ५ जना विना विभागीय सहित ७ मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनीहरु सबै सोमबार साँझ पद तथा गोपनियताको शपथ लिएका छन् ।

एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला र माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् ।

dirghayi clinic

एमालेका बीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी बिक तथा एकीकृत समाजवादीका माया पन्त विना विभागीय मन्त्री भएका छन् ।

यससँगै सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् मुख्य मन्त्री सहित १० सदस्यीय भएको छ । यस अघि नागरिक उन्मुक्ति पार्टीका दुई जना मन्त्री छन् ।

मुख्यमन्त्री सोडारीले आजै स्वतन्त्र सांसद डाक्टर ताराप्रसाद जोशीलाई पनि मन्त्री नियुक्त गर्न चाहे पनि जोशीले भने मन्त्रीको शपथ लिन अस्वीकार गरेका छन्। मुख्यमन्त्री सोडारीले जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्न खोजे पनि जोशीले मन्त्री पद अस्वीकार गरेका हुन् ।

भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा यसअघि नै मन्त्री भएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...