

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारमा विना विभागीय मन्त्रीको जिम्मेवारी पाएका बीर बहादुर थापा र हिरा सिह सार्कीले महेन्द्रनगर आएर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् ।
मन्त्री सार्की सोमबार साँझ शपथ खाएर शालिकमा माल्यार्पण गरेका हुन् । अर्का मन्त्री थापाले मंगलबार शालिकमा माल्यापार्ण गरेका छन् । उनीहरु दुबै जनाले पार्टी कार्यालय पुगेर नेता कार्यकर्ताबाट बधाई लिएका छन् ।

माओवादी केन्द्र छाडेर एमाले भएको चार वर्षमा थापा मन्त्री भएका छन् । उनी तत्कालिन नेकपा विघटनपछि एमाले भएका हुन् ।

उनी एमाले कञ्चनपुरको पूर्व अध्यक्ष हुन् । २०७९ को निर्वाचनमा उनी कञ्चनपुर निर्वाचन क्षेत्र नं. १(१) बाट प्रदेश साँसद निर्वाचित भएका हुन् ।
शिक्षण छाडेर थापा तत्कालिन नेकपा माओवादीको सशस्त्र जनयुद्धमा होमिएका हुन् । उनी माओवादीमा पातल उप नामले चिनिन्थे ।
यसैगरी अर्का विना विभागीय मन्त्री सार्कीले सोमबार शालिक माल्यार्पण गर्दै सरकार आगामी वर्षको बजेटमा केन्द्रित हुने बताए । उनले विगतका सरकार भन्दा राम्रो र जनपक्षीय भएर काम गर्ने उनले उल्लेख गरे ।
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमवार ५ जना बिनाविभागीय सहित ७ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

