ghar sansar

बेलौरीमा काँग्रेस साँसद विष्टको यो बेथिति, ठेक्का सम्झौता नहुँदै ठेकेदारलाई लगाए काममा

little buddha academy
khasi

महेन्द्रनगर । बेलौरी बजार क्षेत्रमा सडक नबन्दा जनताले खेप्नु परेको समस्या समाधान हुने भएको छ । बजार क्षेत्रमा बर्षातको समयमा हिल्लाम्मे सडकमा दुर्घटनाको जोखिम बढ्दै गर्दा रोयल कन्स्ट्रक्सनले मंगलबार सडक निर्माण सुरु गरेको हो ।

संघीय आयोजना इकाइ कार्यालय धनगढीबाट ७ करोड ५३ लाख लागतमा निर्माण हुने सडकको सम्झौता अगावै निर्माण कार्य सुरु गरिएको हो ।

,orning glory badhai

नेपाल निर्माण व्यवसायी संघका उपाध्यक्ष रोयल कन्स्ट्रक्सनका प्रमुख निर्माण व्यवसायी प्रकाश बहादुर सेटिले ठेक्का सम्झौता प्रक्रियामा रहदै नेता बिष्टले सडक अवस्थाको बारेमा बताएपछि काम सुरु गरेको ठेकेदार प्रकाश सेटिले बताए ।

dirghayi clinic

हिँहड्डुल गर्न समेत समस्या भएको छ । निर्माण गर्नुपर्ने भयो भनेपछि आफुले कागजी प्रक्रियासंगै काम सुरु गरेको सेटिले बताए । बेलौरी बजार पिपल चौतारादेखि संविधानचोकसम्म ५ सय ४४ मिटर लम्बाई १० मिटर चौडाइ आरसिसी हुने कन्स्ट्रक्सनका प्रमुख प्रकाश सेटिले बताए ।

सेटिका अनुसार आरसीसी सहित बेलौरी बजार लक्ष्मी स्विटदेखि उत्तरतर्फ डवलनाली ६ सय मिटर अस्फाल्ट पिच निर्माण गरिनेछ ।

२२ महीना अवधीमा निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौता गरिने भएपनी आफुले ८–९ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको उनले बताए। बजारतिरको आरसिसी रोड साउन महिनासम्म सम्पन्न गर्ने गरि काम गरेरहेको उनले बताए ।

लामो समयसम्म बेवारिसे बजार क्षेत्रमा काम सुरु हुदा स्थानीय ब्यापारी तथा बेलौरीबासि हर्षित भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...