


महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकार ‘बजेट शून्यतामा’ गएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारी र प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल कांग्रेस एमालेका प्रमुख नेताहरूको राजनीतिक दाउपेच र अहंकारका कारण प्रदेश सरकारको वित्तीय प्रणाली नै शून्यताको अवस्थामा पुगेको हो ।
आर्थिक वर्ष ०८१÷८२ को सुरुकै दिनदेखि प्रदेश बजेट शून्यताले चौतर्फी असर ल्याउने देखिएको छ । बजेटसम्बन्धी कानुनी अन्योलतका कारण मंगलबारदेखि प्रदेश सरकारलाई आम्दानी र खर्चका ढोका पूर्ण रूपमा बन्द हुने भएका छन् ।

