ghar sansar

कस्ता होलान यी वृद्धलाई वनमा लगेर छाड्ने छोरा बुहारी

khasi

महेन्द्रनगर । मोरङको बेलबारीस्थित वनमा लगेर आफ्नै छोरा बुहारीले छाडिदिएका एक वृद्धलाई वन कर्माचारीले उद्धार गरेका छन् ।

dirghayi clinic

बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट आज ७० वर्षीय उमेर बताउनुहुने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो ।  वन हेरालु टोलीले उहाँलाई उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ ।

बेलबारी–चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए । ‘चार दिन अगाडि नै बीच जङ्गलमा लगेर छाडिदिएका रहेछन्, वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनु भएछ । हाल उहाँको उपचार भइरहेको छ’, उनले भने ।

वृद्धको शरीरको भागमा चोट देखिएको र उहाँ धेरै बोल्न सक्ने अवस्था नरहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले बताए । बेलबारी नगरपालिका–७, डाङ्गी टोलमा बस्दै आएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताइन ।

Himal dental
सम्बन्धित
Loading...