ghar sansar

रास्वपाको आगामी यात्रा

little buddha academy
khasi

नेपालको राजनीतिबाट जनता आहात भएको मैका छोपेर रास्वपाको उदय भयो । सभापति रवि लामिछानेले टेलिभिजनमा कराएको देखेका जनताले रविको पार्टी रास्वपाले मुलुकलाई नया“ दिशामा लाने विश्वास गरेका थिए । कांग्रेसमा टिकट नपाए पछि डा. स्वर्णिम बाग्ले पनि रास्वपामा इन्ट्री भए । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त अर्थविद् एवं परराष्ट्रविद् डा. वाग्लेको आगमनले रास्वपा प्रति बौद्धिक जमातमा हलचल ल्यायो । नयाँ आशा, भरोसा र विश्वास पलाएकाले जनताले पनि उनलाई जिताए । सभापति रवि लामिछानेप्रतिको जनसमर्थन र डा. वाग्लेको बौद्धिक क्षमताको समायोजनको जगमा रास्वपा आगामी दिनमा नेपालको एक नम्बर पार्टी बन्ने आकल गरिन थालियो । जनताको अपार समर्थन पाएको रास्वपालाई जनताले राम्रो अवसर दिएका थिए ।

dirghayi clinic

नेपालको राजनीतिमा रास्वपालाई नेपालको समग्र राजनीतिमा असल समाजको रचना गर्न एउटा अवसर मिलेको थियो । रास्वपाको उदय पश्चात् रास्वपाप्रति जनताको ठूलो अपेक्ष थियो । तर रास्वपाको जति छिटो उदय भएको थियो त्यतिनै छिटो पतन हुने अवस्थामा आइपुगेको छ । रास्वपाका माहामन्त्री मुकुल ढकालेले रवि लामिछाने, डा. स्वर्णिम बाग्लेको पोलपट्टी खोले पछि रास्वपाको मुकुण्डो च्यतिएको छ । गृहमन्त्रीमा आसिन भएकै बेला रोष्टममा उभिएर गोप्य सूचना विदेशीलाई दिनेहरु सदनमा रहेको भन्दै कुर्लेका रवि आफै सिंगो मुलुकलाई विदेशीको हातमा सुम्पिन तयारी गरेको खुलासा भए पछि रवि लामिछाने र डा. स्वर्णिम बाग्लेको मुकुण्डो च्यातिएको छ । रवि लामिछाने, डा. स्वर्णिम बाग्लेमा नभएर रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा राना मानव तस्करीमा फस्ने भएकी छन् ।

,orning glory badhai

उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिका लग्ने गरी पत्र लेखेको विषयले व्यपकता पाएको छ । सचिवालयभन्दा बाहिरका मानिसलाई भिसाको लागि अन्तर्वार्ताको मिति मिलाइदिन भन्दै उनले उपसभामुखको लेटरहेडमा अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि विवादमा तानिएकी छन् । संयुक्त राष्ट्रसंघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७ औं सत्र (सीएसडब्लू ६७) २०७९ को फागुन २२ देखि चैत ३ सम्म अमेरिकाको न्युयोर्कमा भएको थियो । सो कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग कुनै साइनो नभएका चार पुरुष र एक महिलालाई आफूसँगै लग्न प्रक्रिया अघि बढाइएकी थिइन् । अहिले उप सभामुख विरुद्ध संसद्को कार्यव्यवस्था परामर्श समितिमा प्रश्न उठेको छ । शुक्रबार नै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी समेत परेको छ । उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउन माग गरिएको छ ।

अमेरिका जान नपाएको र पैसा पनि डुबेको गुनासो पीडीतहरुले रास्वपा पार्टीमा समेत यसअधि नै पुगेको र पीडीतको गुनासो प्राप्त भए पनि पछि यो विषय रास्वपाले तीन महिनाअघिदेखि गुपचुप राखेको छ । यसबारे अहिले उपसभामुखको चर्को अलोचना भइरहेको छ तर रास्वपा भने मौन बसेको छ । रास्वपाका महामन्त्री मुकुल ढकालले उठाएका कुरा, सहकारी पीडितको उजुरी, पुडाशैनी आत्महत्या र ड्राइभरको मृत्यु दुई नागरिता, दुई पासपोर्ट सबै विषहरुलाई छिचोल्दै गृहमन्त्री बनेका रास्वपाका सभापति रवि लामिछाने, रास्वपाको आगामी यात्रा कस्तो हुने हो हेर्न बाँकी छ ।

Himal dental
सम्बन्धित
Loading...