

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । असार २० गते अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने भएका हुन् । यसका लागि बुधबार उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउदै शुक्रवार विश्वासको मत लिने जानकारी गराएका छन् ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले आज ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेश सभा सदस्यहरुलाई सूचना पठाइसकेको छ ।

शुक्रवार ४ बजे विश्वासको मतका लागि संसद बैठक बस्ने सूचना भइसकेको सभामुख भण्डारीले बताए । असार २० गते नेकपा एमालेले सोडारी सरकारको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए । उनले विश्वासको मत लिने अन्तिम दिन शुक्रवार विश्वासको मत लिन लागेका हुन् ।

