ghar sansar

विपद् विस्थापितलाई पुनस्र्थापनको दीर्घकालिन योजना बनाउँछौ : मन्त्री सार्की

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्कीले प्राकृतिक विपद् बिस्थापितहरुलाई पुर्नस्थापना गर्ने गरी सरकारले दीर्घकालीन योजना ल्याउने बताएका छन् ।

‘बाढीपीडित जनताका लागि आवश्यक राहत तथा अन्य कार्यक्रम मार्फत सरकार जनताको समस्या समाधान गर्न प्रतिवद्ध छ,’ सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनमा बुधबार मन्त्री सार्कीले भने ।

,orning glory badhai

उनले विपद् पीडितको राहत उद्धारका लागि संघीय सरकार, स्थानीय सरकार र विकास साझेदारसँग मिलेर काम गरिरहेको जानकारी दिए ।

dirghayi clinic

‘राहत, उद्धारका लागि हामीसँग रहेको स्रोत, सामाग्री जिल्ला विपद् व्यवस्थापन समिति मार्फत वितरण गर्दै आएका छौं,’ विपद् विषय हेर्ने विभागीय मन्त्रीको हैसियतमा उनले भने, ‘विपद् पूर्वतयारी र प्रतिकार्य समबन्धमा भएका काम, कारबाही र आगामी योजनाका बारेमा जानकारी गराउने उद्धेश्यले सीओपी बैठक नियमित रुपमा सञ्चालन हुने गरेको छ ।’

८ साउनमा नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले माग गरेपछि सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन प्रारम्भ भएको थियो । प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाका एक चौथाइभन्दा बढी सांसदले विशेष अधिवेशन माग गरेपछि बोलाउन पत्राचार गरेका थिए ।

प्राकृतिक विपद्का बारेमा तत्कालिन प्रदेश सरकारले ध्यान नदिएको र ती विषयमा छलफल गर्ने थलो सदन अन्तका लागि हठात सिफारिस गरेको थियो । विशेष अधिवेशन आब्हन भएपछि भने प्राकृतिक विपद्बारे सदनमा छलफल प्रारम्भ भएको थियो ।
अधिवेशन प्रारम्भको सुरुवातमा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावल, नेपाली कांग्रेसका प्रमुख सचेतक बिक्रम सिंह धामी, नेकपा माओवादी केन्द्रका सांसद शिवसिंह वली, नागरिक उम्मुक्ति पार्टीका सांसद घनश्याम चौधरीले विपद्को बेवास्ता गर्दै सरकार सदन छलिरहेको आरोप लगाएका थिए ।

बुधबार (आज) अधिवेशनको अन्त भएको छ । आजको बैठकमा एमालेका तर्फबाट सांसद धर्मराज पाठक, कांग्रेसका तर्फबाट प्रमुख सचेतक बिक्रम धामी र बेल बहादुर रानालगायतले विपद्मा परेका प्रदेशबासीहरुलाई तत्काल राहत र उनीहरुलाई सुरक्षित आवास व्यवस्थापनको प्रबन्ध मिलाउनका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।

सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले त्यसको जवाफ दिएका थिए । सभामुख भीम बहादुर भण्डारीले बाढीपीडितहरुलाई तत्काल राहत दिन र उनीहरुको यथोचित व्यवस्थापनमा ध्यान दिन सरकारलाई निर्देश गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...