

महेन्द्रनगर । भीमदत्त नगरपालिका र नेपाल बाल संगठनले ६० औँ राष्ट्रिय बाल दिवसका अवसरमा आयोजना गरेको आधारभूत स्तरिय वक्तृत्वकला प्रतियोगितामा महेन्द्रनगर माध्यामिक विद्यालय–साधारण स्कुल) की छात्रा भावना जोशी प्रथम स्थान हासिल गरेकी छन् ।

प्रतियोगितामा युनाईटेड माविका छात्र संस्कृति ऐरी द्वितीय, महाकाली मोर्डन स्कुल भाँसीका हिमेश भट्ट तृतिय र बैजनाथ मावि महेन्द्रनगरका छात्रा शुभेच्छा सिंह सान्त्वना स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा बिजयी विद्यार्थीलाई प्रथम, द्वितीय, तृतीय र सान्तवना पुरस्कार क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद सहित प्रमाण पत्र पाएका छन् ।
