ghar sansar

काँग्रेसका स्वर्गिय नेता मिश्रको सम्झनामा तिलाचौरमा क्रिकेट प्रतियोगिता हुने

little buddha academy
khasi

महेन्द्रनगर । नेपाली काँग्रेसका स्वर्गिय नेता विष्णु प्रसाद मिश्र(बीपि मिश्र) को स्मृति क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । न्यून हिमालय सामाजिक सेवा समितिले मिश्रको सम्झनामा तिलाचौरमा प्रतियोगिता गर्न लागेको हो ।

समितिले प्रतियोगिता सम्बन्धि जानकारी दिन आज दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्दैछ । मिश्रको सम्झनामा आयोजना हुन लागेको यो पाँचौ विपी क्रिकेट प्रतियोगिता हो ।

,orning glory badhai
dirghayi clinic

काँग्रेसका इमान्दार नेता मिश्रको झण्डै दुई दशक अघि निधन भएको थियो । भीनपा ८ मा मिश्र पुत्र मदनराव मिश्र वडा अध्यक्ष छन् । उनी २०७९ को स्थानीय तह निर्वाचनबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

वडा अध्यक्ष मिश्र काँग्रेसका वडा सभापति हुन् । उनी भीनपामा सबैभन्दा कान्छा उमेरका वडा अध्यक्ष हुन् । मिश्रको निधनपछि वडा अध्यक्ष मिश्रले बुवाको राजनीतिक बागडोर सम्हालेका हुन् । बुवाको निधन हुँदा उनी सानै थिए ।

तिलाचौरस्थित नागार्जुन इङ्गशिल बोर्डिङ्ग स्कुलमा प्रतियोगिता सम्बन्धि जानकारी दिन पत्रकार सम्मेलन गरिने समितिका सचिव पदम जाग्रीले जानकारी दिएका छन । समितिले नेता मिश्रको राजनीतिक योगदानलाई सम्मानका लागि क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...