ghar sansar

भीनपा ६ मा उप निर्वाचन : उम्मेदवार छान्न शनिबार एमाले वडा कमिटी बैठक बस्दै

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ मा हुने उप निर्वाचनका लागि उम्मेदवारका आकाँक्षी छनौट गर्न शनिबार एमाले वडा कमिटी बस्न लागेको छ । एमाले वडा कमिटीले शनिबार वडा कमिटी बैठकबाट एक महिला सहित तीन जना आकाँक्षीको नाम छान्न लागेको हो ।

एमाले केन्द्रीय कमिटीले उप निर्वाचनका लागि उम्मेदवार छनौट गर्न दशैं अघि एमाले जिल्ला कमिटीलाई विशेष सर्कुलर पठाएको थियो । जिल्ला कमिटीले केन्द्रीय सर्कुलर अनुसार नगर कमिटी र नगर कमिटीले वडा कमिटीलाई निर्देशन दिएपछि शनिबार वडा कमिटी बैठक बसेर तीन जना आकाँक्षी चयन हुन लागेका हुन् । वडा कमिटी अध्यक्ष चुडामणी कलौनी वडा कमिटी बैठकका लागि तयारी गरि रहेका छन् ।

वडा कमिटीले चयन गरेका तीन आकाँक्षीको नाम नगर कमिटी हुँदै जिल्ला कमिटीमा पुगेर कार्तिक १५ गतेभित्र उम्मेदवारको नाम टुङ्गो लाग्ने भएको हो । भीनपा ६ मा वडा अध्यक्षका लागि उप निर्वाचन हुन लागेको हो ।

dirghayi clinic

एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले शनिबार वडा कमिटी बैठक बसेर उप निर्वाचनका लागि उम्मेदवार छनौट प्रक्रिया सुरु गरिने बताए ।

वडा कमिटीबाछ छनौट गरी नगर कमिटीमा पठाइएपछि नगरले राय सहित जिल्ला कमिटीमा नाम पठाउने छ । त्यसपछि जिल्लाले वडा अध्यक्षको उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडा अध्यक्ष महेन्द्र खड्का गत वर्ष निधन भएपछि रिक्त पदमा उप निर्वाचन हुन लागेको हो । २०७९ को निर्वाचनमा एमालेले ६ नम्बर वडा गुमाएको थियो ।

एमाले उप निर्वाचनलाई गुमेको विरासत फर्काउने अवसरका रुपमा लिएर निर्वाचनमा होमिने मनस्थितिमा छ । एमालेले २०४९ देखि निरन्तर जित्दै आएको ६ नम्बर २०७९ को गुमाएको थियो । त्यस अघि २०७४, २०५४ र २०४९ मा एमालेले लगातार चुनाव जितेको थियो ।

Himal dental
सम्बन्धित
Loading...