ghar sansar

कागबेनी र मुक्तिनाथ घुम्दै बेलौरीका ज्येष्ठ नागरिक

khasi

महेन्द्रनगर । बेलौरीका तीर्थयात्री ज्येष्ठ नागरिकहरू सहितको टोलीले मुस्ताङको कागबेनी र मुक्तिनाथ दर्शन गरेको छ । आइतबार दिउँसो कागबेनी पुगेका तीर्थयात्रीहरूले त्यहाँ रहेको धर्मशालामा भोजन र रात्रि बास बसेका थिए । उनीहरु सोमबार बिहान कागबेनी तीर्थस्थल कालीगण्डकीमा स्नान गरेर तीर्थ श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेका छन् ।

dirghayi clinic

बेलौरी नगरपालिका वडा नम्बर ४ को कार्यालयको वार्षिक स्वीकृत ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको २ लाख ५० हजार रकममा ज्येष्ठ नागरिकलाई मुक्तिनाथ सम्मको तीर्थयात्रा गराइएको वडाध्यक्ष अर्जुन ढकालले बताए ।

ratnam

उनका वडा भित्रका ६८ वर्ष देखि १०२ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरू मध्ये २५ जना ज्येष्ठ नागरिकहरूलाई तीर्थ यात्रामा लगिएको हो । तीर्थयात्रामा ज्येष्ठ नागरिकसँगै स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार र स्वयम् सेवक गरी ३५ जना सहभागी छन् ।

Himal dental
सम्बन्धित
Loading...