

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघले पत्रकार मदन गिरीलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । संघले आर्थिक क्षेत्रका विषय वस्तुमा कलम चलाउने एक जना पत्रकारलाई बर्सेनी प्रदान गर्दै आएको यस वर्ष गिरीलाई प्रदान गरिएको छ ।

संघको ३३ औँ बार्षिक साधारण उद्घाटन समारोहमा गिरीलाई नगद ५ हजार १ सय सहित प्रमाण पत्र दोसल्ला ओढाएर पुरस्कार प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पुरस्कार प्रदान गरे ।
गिरी आर्थिक अभियान दैनिक कञ्चनपुरका समाचारदाता हुन् । उनी आर्थिक दृष्टि साप्ताहिक पत्रिका समेत सम्पादन गर्दै आएका छन् ।
