ghar sansar

काँग्रेसका वडा अध्यक्ष उम्मेदवारका आकाँक्षी भट्टले दिए एमाले उम्मेदवार चन्दलाई शुभकामना

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ को उप निर्वाचनमा काँग्रेसका वडा अध्यक्षका आकाँक्षी हरिश भट्टले एमालेका उम्मेदवार बहादुर चन्दलाई शुभ कामना दिएका छन् ।

dirghayi clinic

एमालेले शनिबार दिउँसो पत्रकार सम्मेलन गरी चन्दलाई उप निर्वाचनमा वडा अध्यक्ष उम्मेदवार घोषणा गरेको थियो । पत्रकार सम्मेलन सकिएपछि एमाले पार्टी कार्यालय पुगेर भट्टले चन्दलाई शुभकामना दिएका हुन् ।

काँग्रेसबाट भट्ट सहित १३ जना वडा अध्यक्ष उम्मेदवारका आकाँक्षी छन् । काँग्रेस वडा समितिले वडाबाट सर्वसम्मत उम्मेदवार बनाउने गरी छलफललाई निरन्तरता दिएको छ ।

वडा अध्यक्षका आकाँक्षी भट्ट काँग्रेस सम्बद्ध प्रेस युनियनको सुदूरपश्चिम प्रदेश समितिका महासचिव हुन् ।

Himal dental
सम्बन्धित
Loading...