ghar sansar

तानाशाही शैलीमा स्पष्टीकरण सोधिएको भन्दै भीम रावल आक्रोशित

khasi

महेन्द्रनगर । नेकपा (एमाले) का नेता भीम रावलले जनताको बहुदलीय जनवाद, पार्टी परम्परा र संवैधानिक हकविपरीत नेता–कार्यकर्तालाई स्पष्टीकरण सोधिएको भन्दै आपत्ति जनाएका छन्।

उनले सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टिकरण सोधिएको आरोप लगाएका हुन् ।

dirghayi clinic

‘एमालेको जबज, परम्परा र संवैधानिक हकविपरीत कुनै बैठक र छलफल बिना पदको दुरूपयोग गर्दै सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूले विरोध र प्रतिवाद गरौं,’ उनले लेखेका छन् ।

पार्टीको सचिवालय बैठकले पार्टीको नीति विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको थियो। त्यस विरूद्ध रावलको गृहजिल्लाका एमालेका नेता–कार्यकर्ताले प्रदर्शनसमेत गरेका थिए ।

आफ्नो पक्षमा उभिनेप्रति स्पष्टीकरण सोधिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...