ghar sansar

भीनपा ६ उप निर्वाचन : समाजवादीका उम्मेदवार चन्दले यसरी गर्दै छन् घरदैलो

khasi

महेन्द्रनगर । नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितेन्द्र चन्दले शनिबार ऐठपुरको शिव मन्दिर लगायतका टोलमा चुनावी घरदैलो गरेका छन् ।

समाजवादीका स्थायी कमिटी सदस्य पूर्व मन्त्री उर्वादत्त पन्त, सुदूरपश्चिम सरकारका पूर्व आर्थिक मामिला मन्त्री प्रकाश रावल लगायतका नेताहरु चुनावी चन्दलाई मत माग्दै घरदैलोमा पुगेका छन् ।

ratnam
dirghayi clinic

चन्द यस अघि २०७९ को स्थानीय तह निर्वाचनमा वडा चुनाव लडेका थिए । समाजवादीले उप निर्वाचनमा पनि चन्दलाई उम्मेदवार बनाएको हो । भीनपा ६ मा मंसिर १६ गते उप निर्वाचन हुन लागेको छ । त्यसका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम राखिएको छ ।

समाजवादीका उम्मेदवार चन्दले दिउँसो उम्मेदवारी दर्ता गर्ने बताए । ऐठपुरको चुनावी घरदैलोमा उम्मेदवार चन्दले मत माग्दै आफूले जन भावना अनुसार काम गर्ने बताए ।

चुनावी घरदैलोमा नेताहरु पन्त, रावल सहित समाजवादीका उप सचिव राजेन्द्र पाण्डेय, नगर अध्यक्ष मदन सेराला, नेताहरु धर्म सिह महरा लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...