ghar sansar

काँग्रेसबाट भीमदत्त ६ को वडा अध्यक्षका लागि प्रकाश चन्दको उम्मेदवारी

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ को वडा अध्यक्षका लागि काँग्रेसका प्रकाश चन्दले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृत कार्यालयमा चन्दले सबैभन्दा पहिले उम्मेदवारी दर्ता गराएका हुन् । काँग्रेस उम्मेदवार चन्द काँग्रेसको भीनपा ६ को वडा सभापति हुन् ।

ratnam
dirghayi clinic

काँग्रेस केन्द्रीय सदस्य एबम् पूर्व मन्त्री एनपी साउँद, काँग्रेस कञ्चनपुरका सभापति एबम् भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, उप सभापति मिन बहादुर सिह, सचिव भीमराज भट्ट, सह सचिव एबम् कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा, भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी, काँग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री गोपालदत्त भट्ट, धनगढी उप महानगरका निवर्तमान मेयर नृप बहादुर ओड, पूर्व मन्त्री गोबिन्द शाह, सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारती लगायत नेताहरु उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेका छन् ।

काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का क्षेत्रीय सभापति केशव चन्द, भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थी, भीनपा ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट, भीनपा १७ का वडा अध्यक्ष पदम बुडा, भीनपा ६ का कार्य वाहक वडा अध्यक्ष देबकी जोशी, काँग्रेस नेताहरु कृष्ण बहादुर कुँबर क्षेत्री लगायतका उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी भए ।

ऐठपुरस्थित चुनाव सम्पर्क कार्यालयबाट ¥याली सहित काँग्रेस उम्मेदवार चन्द उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेका हुन् ।

 

Himal dental
सम्बन्धित
Loading...