


महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ को उप निर्वाचनमा कानुन व्यवसायी दल बहादुर बोहराले वडा अध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयमा आइतबार दिउँसो बोहराले नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी दर्ता गरेका हुन् ।
अधिवक्ता बोहरा मादल चुनाव चिन्हबाट चुनाव लड्न लागेका हुन् । बोहरा माओवादी केन्द्रका पूर्व नेता हुन् । बोहराले शिक्षण पेशाबाट अवकाश लिएर निरन्तरत वकालतमा लागेका हुन् । उनले शिक्षण र वकालत पेशालाई एक साथ निरन्तरता दिँदै आएका थिए ।
