

महेन्द्रनगर । एमाले उम्मेदवार बहादुर चन्द वडाको विकास निर्माणका पूर्वाधार सहित ढल निकास, सामाजिक सुरक्षा, शिक्षा, स्वस्थ्य क्षेत्रको सुधारका योजना चुनावी एजेण्डा बनाएर चुनावी मैदानमा छन् । उनले मतदाताको घरदैलोमा आफ्नो चुनावी प्रतिवद्धता पुगाएका छन् ।
चन्दका चुनावी प्रतिवद्धता


–आवश्यक स्थानमा नयाँ सडक खोल्ने, ग्राभेलिंग गर्ने, सडक चौडा गरि कालोपत्रे गरिनेछ ।
–वडाका बस्तीहरुमा वर्षायामको समयमा पानी जम्ने समस्या सामाधानका लागि श्रोतको व्यवस्थापन गरि ढल निकास तथा नाली निर्माण गरिनेछ ।
–वडा भित्र रहेका ज्येष्ठ नागरिक तथा बढाबासीहरुको स्वास्थ्य परिक्षण लागि स्वास्थ्य शिविरहरु सञ्चासन गरिनेछ ।
– वडा भित्र रहेका ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका नागरिकहरुलाई धार्मिक तिर्थस्थल भ्रमण गराईनेछ ।
–वडा मित्र रहेका एकल महिलाहरुको जीविकोपार्जनका लागि विभिन्न सीपमुलक तथा व्यवसायिक तालिम सञ्चालन गरिनेछ ।
–स्वंयसेवीकाहरुको सेबालाई प्रभावकारी बनाउन विभिन्न तालिम, प्रशिक्षण प्रदान गरिनुका साथै सयमसापेक्ष सेवा सुविधाहरुमा वृद्धि गरिनेछ ।
–समाजिक सुरक्षा भत्ता वितरण प्रकृया सहज बनाईने छ ।
–व्यवसायिक तथा आधुनिक कृषि उत्पादन वृद्धिका लागि अगुवा कृषक छनौट गरि तालिम सञ्चालन गरिनेछ ।
–वडा भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गरि भौतिक पूवार्धार विकासमा जोड दिईने छ ।
–महिलाहरुको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवालाई सहज बनाई –अति विपन्न गरीब गर्भवती सुत्केरी महिलालाई पोषण सामाग्री उपलव्ध गराइनेछ ।
–बढ्दो लागुपदार्थको दुव्र्यसन न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम संचालन गरिने छन ।
–वडामा रहेका मठमन्दिर तथा धार्मिक अनुष्ठानहरुको मर्मत सम्भार गरिने छ ।
–वडा भित्र रहेका अव्यवस्थित विद्युत पोल तथा माईनहरुको व्यवस्थापन गरिनेछ ।
–वडा भित्र शुद्ध पिउने पानीको वितरण गरिनेछ ।
युवाहरुको चौतर्फी विकासका लागि खेलकुदका कार्यक्रमहरु सञ्चालन गरिने छ ।
–स्थानीय तथा बडाबाट प्रदान गरिने सेवा सुविधा छिटो छरितो तथा पारदर्शि बनाईनेछ । विकास निर्माणका कार्यक्रमहरु छनौट गर्दा टोस टोलबाट योजना छनौट गरिने छ ।
