ghar sansar

एमाले बझाङको अध्यक्षमा भण्डारी निर्वाचित

khasi

महेन्द्रनगर । एमाले बझाङको अध्यक्षमा दिल बहादुर भण्डारी निर्वाचित भएका छन् । चार वर्षदेखि स्थगित अधिवेशन आइतबार सम्पन्न भएर भण्डारीको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ ।

एमालेको निर्वाचन कमिटीले सार्वजनिक गरेको नतिजाअनुसार भण्डारीले अध्यक्ष पदका प्रतिस्पधी कलकबहादुर खड्कालाई ५५ मतले पछि पार्दै जित हात पारेका छन् ।

dirghayi clinic

भण्डारीले २०८ मत प्राप्त गर्दा खड्काले १५३ मत पाएको निर्वाचन कमिटीले जनाएको छ । यस्तै अधिवेशनले जिल्ला कमिटी उपाध्यक्षमा तलकोट गाउँपालिकाका पूर्व अध्यक्ष लालबहादुर विष्टलाई निर्वाचित गरेको छ । उनले दुर्गाथली गाउँपालिकाका पूर्व अध्यक्ष प्रयागराज जोशीलाई पराजित गरेका छन् ।

सचिवमा लोकेन्द्र बहादुर सिंहलाई पराजित गर्दै नयन बहादुर बोहरा निर्वाचित भएका छन् । यसैगरी खुला उपसचिवमा पञ्कज भण्डारी र महिला उपसचिवमा राधा विष्ट चयन भएका छन् ।

अधिवेशनले पदाधिकारी तथा सदस्य गरेर ७५ जनाको जिल्ला कमिटी र गजेन्द्र खत्रीको अध्यक्षतामा सात सदस्यीय लेखा आयोगको चयन गरेको नवनिर्वाचित सचिव नयन बोहराले बताए।

Himal dental
सम्बन्धित
Loading...