ghar sansar

एमालेबाट अन्ततः लखेटिए भीम रावल

khasi

महेन्द्रनगर । नेकपा एमालेले नेताहरू भीम रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई कारबाही गरेको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई साधारण सदस्यबाट समेत निष्कासन गरेको हो भने पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको हो ।

dirghayi clinic

व्यवसायी मीनबहादुर गुरुङबाट केन्द्रीय कार्यालय बनाउन एमालेले दान लिएको विषयलाई आलोचना गरेको र त्यसप्रति असहमति जनाउँदै सामाजिक संजालमा उल्लेख गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको बताइएको छ ।

उनीहरूलाई कात्तिक ४ मा स्पष्टीकरण सोधिएको थियो । पाण्डे र तिम्सिनाले कात्तिक १२ मा स्पष्टीकरण दिँदै ‘एउटै व्यक्तिको दानबाट पार्टी मुख्यालय बनाउने निर्णय गलत भएको टिप्पणी गर्नु कारबाहीको विषय नभएको’ बताएका थिए । एमालेमा निष्क्रिय रहेका रावलले भने स्पष्टीकरण नै दिएका थिएनन् ।

साभार : इकान्तिपुर

Himal dental
सम्बन्धित
Loading...