

महेन्द्रनगर । नेपाल रेडक्रस सोसाइटी महाकाली उपशाखा बाँसखेडा÷ ऐरीले मानवता ,शैक्षिक तथा सामाजिक उत्तरदायित्व सम्बन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै जुरमुराएको छ । यसै क्रममा सो उप शाखाले शुक्रबार हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमको आयोजना गरेको छ ।
गत कार्तिक १२ गते रक्तदान कार्यक्रम सम्पन्न गरेकोे उक्त उपशाखाले आज शुक्रबार उपशाखाको सेवाक्षेत्र भित्र रहेका वडा न ५, ११,१२,१३,१४,१६ र १७ अन्तरगतका विध्यालयका आधारभूत तहका १४ ओटा विद्यालयका ४२ जना विद्यार्थीबीच हाजिरी जवाफ प्रतियोगिता गराएको हो ।


उपशाखाको आयोजना तथा भि न पा १७ को वडा कार्यालयको सह आयोजनामा सञ्चालित उक्त कार्यक्रमको सभापतित्व तत्कालीन महेन्द्रनगर नगरपालिकाका नगर उप प्रमुख एवं महाकाली वालविध्यलय मझगाउका विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञराज चटौतले गर्नुभएको थियो भने भि न पा १७ का वडा अध्यक्ष पदम वुडा प्रमुख आतिथि थिए ।
कार्यक्रममा उपशाखका सभापति भवानी प्रशाद पन्तले स्वागत मन्तव्य राख्दै कार्यक्रमबारे जानकारी गराए । सो हाजिरी जवाफ प्रतियोगिताको उद्धाटन समारोहमा मा वि तर्फका प्रधानाध्यापकको प्रतिनिधित्व गर्दै पुर्णा मा वि ऐरीका प्रधानाध्यापक धनीदत्त पन्त,आधारभूत का तर्फबाट शान्ति आधारभूत विद्यालय वनकट्टीका प्रधानाध्यापक उत्तम बिष्ट र संस्थागत विद्ध्यलका तर्फबाट प्रभात वोडिङ स्कुल वशान्तपुरका प्रधानाध्यापक डाः शाङ्कर दत्त भट्टले आ – आफ्नो शुभकामना मन्तव्य राखे ।
जवाफ प्रतियोगितामा वैजनाथ विद्ध्य निकेतन आधारभुत विध्यालय पिपरिया प्रथम,प्रभात वोडिङ स्कुल वशन्तपुर द्वितीय र महाकाली बाल वद्ध्यालय मझगाउ तृतीय स्थान हाशिल गर्न सफल भएका छन् ।
प्रतियोगितामा प्रथम ,द्वितीय र तृतिय हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार सहित प्रमाणपत्र पाएका छन् भने अन्य सहभागीले प्रमाणपत्र पाएका छन् ।
