ghar sansar

बुहारीको निर्वाचन क्षेत्रमा आउँदै प्रचण्ड, दिउँसो खबरदारी सभालाई सम्बोधन गर्ने

khasi

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) पुनर्वास नगरपालिका ६ प्रतिभानगरमा हुने खबरदारी सभा सम्बोधनका लागि आउन लागेका छन् । माओवादी केन्द्रले दिउँसो प्रतिभा टाउनमा खबरदारी सभा आयोजना गर्न लागेको हो ।

माओवादी केन्द्रका कञ्चनपुर संयोजक खेम पाण्डेयले सभाको सबै तयारी पूरा गरिएको जानकारी दिए । उनका अनुसार प्रचण्डले सभालाई सम्बोधन,प्याराताल स्थलगत अनुगमन, सहिद गोबिन्द गौतमको सालिकमा माल्र्यापण गर्ने लगायत कार्यक्रम तय गरिएका छन् ।

ratnam

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेलले सरकारका गलत कामबारबाहीलाई जनतासमक्ष पु¥याउन खबरदारी सभा गर्न लागिएको बताए ।

dirghayi clinic

माओवादी कचनपुरका इन्चार्ज टेकेन्द्र प्रसाद भट्ट (बिक्रम) संयोजकत्वमा ११ सदस्यीय मुल परिचालन उप समिति गठन गरिएको छ । उनको संयोजकत्वमा ८ सदस्यीय जनपरिचालन उपसमिति गठन गरिएको छ । माओवादी नेता बिरबल बिस्वकर्माको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । नेतन देवकरको संयोजकत्वमा ७ सदस्यीय मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

माओवादी नेतृ माया नेगिको संयोजकत्वमा १२ सदस्यीय यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ । यसैगरी भाटको संयोजकत्वमा ३ सदस्यीय प्रचारप्रसार उप समिति गठन गरिएको छ ।

अर्का केन्द्रीय सदस्य गोविन्द बिकको संयोजकत्वमा ७ सदस्यीय सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति गठन गरिएको छ । कञ्चनपुरकी माओवादी नेतृ दिपा चौधरीको संयोजकत्वमा ७ सदस्यीय सांस्कृतिक परिचालन उपसमिति गठन गरिएको छ । केन्द्रीय सदस्य लोकेन्द्र लम्सालको संयोजकत्वमा १० सदस्यीय अतिथि स्वागत तथा सत्कार उपसमिति गठन गरिएको छ ।

माओवादी केन्द्रले खबरदारी सभा राखेको पुनर्वास प्रचण्डकी बुहारी विना मगरको निर्वाचन क्षेत्र हो । माओवादी केन्द्रकी केन्द्रीय सदस्य मगर सुदूरपश्चिम सह इन्चार्ज छन् । मगर २०७९ को आम निर्वाचनमा एमालेका तारालामा तामाङ्गसित पराजित भएकी थिइन् ।

Himal dental
सम्बन्धित
Loading...