ghar sansar

एमाले भीमदत्त १८ वडा कमिटी अध्यक्षमा धामी चयन

khasi

महेन्द्रनगर । नेकपा एमाले भीमदत्त नगरपालिका १८ को वडा कमिटी अध्यक्षमा दामोदर धामी चयन भएका छन् । एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज निरुदेवी पालको प्रमुख आतिथ्यमा गरिएको दोस्रो वडा अधिवेशनबाट धामीको अध्यक्षतामा सर्वसम्मत नयाँ वडा कमिटी चयन गरिएको छ ।

वार्ड कमिटीको उपाध्यक्षमा कुशुल गिरी, सचिव लोकराज खुना, उप सचिव सागर भट्ट र सुशिला चौधरी चयन गरिएका छन् । कमिटीमा रजित नाथ, अटवारी थारु, दानालाल उराव, सुरेश लुहार, देबदत्त जोशी र लहानु चौधरी सदस्य छन् ।

ratnam

dirghayi clinic

अधिवेशनबाट भानी चन्द सल्लाहकार कमिटी संयोजक चुनिएका छन् । वडा कमिटीका निवर्तमान अध्यक्ष विवेक भट्टले अधिवेशनमा अध्यक्षता गरेका थिए ।

भट्ट एमाले भीमदत्त नगर कमिटीका उप सचिव छन् । नगर उप सचिव भएपछि भट्टले दोस्रो वडा अधिवेशनमा धामीलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव नर बहादुर विश्वकर्मा, प्रदेश कमिटी सदस्यहरु महेश प्रसाद पन्त, लक्ष्मी विक, एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थी, एमाले जिल्ला कमिटी सदस्यहरु शंकर जोशी, दान सिह विष्ट, प्रशान्त भट्ट, एमाले भीमदत्त नगर अध्यक्ष हिमाल चन्द लगायत नेता कार्यकर्ता सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...