ghar sansar

एन प्याब्सन १७ औै खेल महोत्सव उद्घाटन गर्दै गृहमन्त्री लेखकले भने – शिक्षा विधेयक चाँडो पारित हुन्छ

khasi

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले संघीय संसदमा रहेको शिक्षा विधेयक चाँडो पारित गरिने बताएका छन् । उनले गुणस्तरीय शिक्षाका लागि सरकारले कसैसित पनि सम्झौता नगर्ने बताए ।

‘संविधानमा नै निःशुल्क शिक्षा र अनिवार्य शिक्षाको व्यवस्था गरेको छ  ’सामुदायिक विद्यालय राम्रो गुणस्तरका साथ अघि बढाउन तीनै तहका सरकारले ध्यान दिनुपर्छ पर्याप्त लगानी गर्नुपर्छ’ महेन्द्रनगर खुला मञ्चमा एन प्याब्सन १७ औं खेलकूद महोत्सव उद्घाटन गर्दै उनले भने, ‘शिक्षाको गुणस्तरसँग सम्झौता गर्ने कुरा हुँदैन, चर्को शुल्क लिने कुरामा सरकारले नियमन गर्नु पर्छ ।’

ratnam
dirghayi clinic

संघीय संसदमा विद्यालय सम्बन्धी विधेयक छलफलमा रहेको उल्लेख गर्दै उनले कानुन बनाएर सबै नागरिकको शिक्षमा सहज पहुँच बनाइने बताए ।

गृहमन्त्री लेखकले आत्महत्या, सडक दुर्घटना र लागु औषध दुव्र्यवस नियन्त्रण चुनौतीका रुपमा लिएको उल्लेख गरे । उनले एन प्याब्सनलाई लागु औषध नियन्त्रण अभियान सञ्चालन गर्न आग्रह गरे ।

एन प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्दले अध्यक्षता गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री प्रकाश रावल, एन प्याब्सन केन्द्रीय उपाध्यक्ष श्याम सिह मौनी लगायतले शुभकामना मन्तव्य राखे ।

प्रतियोगितामा एन प्याब्सन आवद्ध जिल्लाभरका चार दर्जन विद्यालय सहभागी भएका छन् । प्रतियोगिताका सबै खेलहरु कबर्ड खेलाइने एन प्याब्सन जिल्ला सचिव कुबेर खड्काले बताए ।

Himal dental
सम्बन्धित
Loading...