

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायको डीनमा प्रा.डा.राजेन्द्र प्रसाद भट्ट नियुक्त भएका छन् ।

विश्वविद्यालय कार्यकारी परिषद्ले प्रा. डा. भट्टलाई डीन नियुक्त गरेको हो । मानविकी तथा सामाजिक शास्त्र संकायको डीन डा. मुकुन्द कलौनीको अनिवार्य अवकाश भएपछि केही महिनादेखि डीन पद रिक्त थियो । कार्यकारी परिषद्ले रिक्त पदमा प्रा. डा.भट्टलाई नियुक्त गरेको हो ।

प्रा.डा. भट्ट तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पसबाट अध्यापन थालेका हुन् ।
