ghar sansar

दोधारा चाँदनीमा सशस्त्र प्रहरीले बनायो मलामी विश्राम स्थल, मेयर लिम्बुले गरे उद्घाटन

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका सशस्त्र प्रहरीले मलामी विश्राम स्थल निर्माण गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म र बिओपी कञ्चनभोज दोधारा चाँदनीले वडा नं. ७ मा संयुक्त रुपमा मलामी बिश्राम स्थल बनाएको हो ।

dirghayi clinic

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले विश्राम स्थल उद्घाटन गरे । दोधारा चाँदनी नगरपालिका– ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख श्री गंगा देबी जोशी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी बल नेपाल नं. ३५ का गण हेडक्वाटर शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्द, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मका गुल्लपती सशस्त्र प्रहरी नायक उपरीक्षक सन्तोष बिर सिंह लगायतका सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...