

महेन्द्रनगर । कञ्चनपुरका युवा विद्यार्थीहरुले विद्युत तार र पोल व्यवस्थित गरिनुपर्ने माग सहित नेपाल विद्दुत प्राधिकरण महेन्द्रनगर वितरणकेन्द्रलाई बुधबार विषेश माग पत्र बुझाएका छन् ।


प्राधिकरणको लापरबाहीले जिल्लाका नौ वटै पालिकामा विद्युतीय तार भुइमै छोइन गएको अवस्थामा समेत प्राधिकरणले वेवास्ता गरेको, तार रुखहरुमा छोइन गई आगलागी जन्य घटना हुने गरेको , विधुतको ट्रान्सर्फमर किभिए क्षमता कम हुदा गर्मी समयमा उपभोक्ताले सास्ती बेहोर्नु परेको लगायतका समस्या यथावत रहेकाले सिघ्र व्यवस्थाप गरिनु पर्ने युवा विद्यार्थीहरुले माग गरेका छन् ।
यस्तै , विद्दुतिय पोलहरुमा जडान गरिएका केवल लाइनहरु तत्काल खारेज गतिनुपर्ने र काठको पोलमा तानिएको विद्दुत तार हटाई सिमेन्टका पोलहरु गाडिनुपर्ने माग गरिएको छ ।

