

महेन्द्रनगर । नेपाल कानुन तथा न्याय समाजको अध्यक्षमा अधिवक्ता प्रकाश पाण्डेय चयन भएका छन् । समाजको शुक्रबार सम्पन्न प्रथम साधारण सभाबाट पाण्डेयको अध्यक्षातमा सर्वसम्मत समिति चयन गरिएको छ ।
समाजको उपाध्यक्षमा अधिवक्ता बिष्णु भट्ट, महासचिव अधिवक्ता झंकर कुवर, सचिव अधिवक्ता वीर बहादुर बिष्ट र कोषाध्यक्षमा अधिवक्ता अर्जुन सिंह कार्की चयन भएका छन् ।


समितिमा अधिवक्ता देव राज पन्त, अधिवक्ता गोबिन्द राज जोश, अधिवक्ता देबी प्रशाद खनाल, अधिवक्ता आरती खडका अधिवक्ता रुपा चौधरी र अधिवक्ता तेज राज उपाध्याय सदस्य चयन भएका छन् ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्यता साधारण सभाको उद्घाटन कार्यक्रम गरिएको छ ।

कार्यक्रममा उच्च अदालत बार एशोसिएशनका अध्यक्ष अधिवक्ता भुपेन्द्र बहादुर बिष्ट, वरिष्ठ अधिवक्ता भोज राज जोशी, पूर्व मन्त्री अधिवक्ता जै देव जोशी, उच्च सरकारी वकिल कार्यालय महेन्द्रनगरका निमित्त सह न्यायाधिवक्ता प्रकाश बहादुर भण्डारी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रारज जोशी, कञ्चनपुर जिल्ला बार एशोसिएसनका अध्यक्ष नरेन्द्र बहादुर सिंह, कञ्चनपुर उद्योग बाणिज्य संघका पिताम्बर जोशी, नेसनल प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्द, प्याब्सन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष राकेश चन्द, गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी बोहरा, सामुदायिक प्रहरी सेवा केन्द्र कञ्चनपुरका अध्यक्ष भोज राज भट्ट लगायतका सहभागी भएका छन् ।

कार्यक्रमको अध्यक्षता समाजका संस्थापक अध्यक्ष अधिवक्ता पाण्डेयले गरे । साधारण सभाबाट संस्थाको प्रगति प्रतिवेदन, अगामी कार्य योजना, आर्थिक प्रतिवेदन, कार्य समितिको चयन, नया सदस्यता प्रदान तथा सल्लाहकार समिति चयन समेतका निर्णय गरिएका छन् ।

