

महेन्द्रनगर । विपद्को बेला उद्धार एवम् मानवीय सहायता, सूचना प्रदान लगायत समाजिक कार्यका लागि भीमदत्त नगरपालिकामा पालिका स्तरिय उत्थानशील युवा सञ्जाल गठन गरिएको छ ।


गैर सरकारी संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघसंगको सहकार्यमा सञ्चालित कार्यक्रम अन्र्तगत सञ्जाल गठन गरिएको छ । भीमदत्तका मेयर पदम बोगटीको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।

