ghar sansar

महेन्द्रनगर माविले मनायो ४७ औँ वार्षिकोत्सव

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानपस्थत महेन्द्रनगर माध्यमिक विद्यालयले ४७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. कृष्णदत्त जोशी बोक्सरको अध्यक्षतामा गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद सिहले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । कक्षा १ देखि १० सम्म पठनपाठन हुने विद्यलयमा ४ सय ३४ विद्यार्थी अध्ययनरत छन् ।

ratnam
dirghayi clinic

कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिए । कार्यक्रममा पुरस्कार वितरण, सम्मान लगायतका कार्यक्रम पनि गरिएका छन् । कार्यक्रममा भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी लगायतका सहभागी भए ।

विद्यालयका शिक्षकद्वय जगत बहादुर चन्द र नवराज जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।

  

Himal dental
सम्बन्धित
Loading...