ghar sansar

दोधारा चाँदनीमा मुक्ति समाजको नगर अधिवेशन, ८४ को निर्वाचनमा कञ्चनपुरलाई एमालेको लाल किल्ला बनाउने कार्य वाहक अध्यक्ष आग्रीको भनाई

khasi

महेन्द्रनगर । नेपाल उत्पीडित जातीय मुक्ति समाज दोधारा चाँदनी नगर कमिटी अध्यक्षमा किशोर आग्री चयन भएका छन् । बिहीबार सकमाजको नगर अधिवेशनबाट आग्रीको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।

नगर कमिटी निवर्तमान अध्यक्ष नर बहादुर सुनारको अध्यक्षतामा गरिएको कार्यक्रममा समाजका स्थायी कमिटी सदस्य कृष्ण सुनार प्रमुख र लेखा आयोग सदस्य नर बहादुर विक विशिष्ठ अतिथि थिए ।

dirghayi clinic

कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदीय लक्ष्मी विक, एमाले कञ्चनपुरका उप सचिव राजिब खडका, एमाले दोधारा चाँदनी इन्चार्ज गगन खत्री, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, मुक्ति समाजका कञ्चनपुर इन्चार्ज तेज विक, समाजका केन्द्रीय सदस्य रमेश तिरुवा, मुक्ति समाज कञ्चनपुरका कार्य वाहक अध्यक्ष राजेन्द्र आग्री, लेखा आयोग सदस्य कुल बहादुर सुनार लगयतका नेता कार्यकर्ता सहभागी भएका छन् ।

समाजका कार्य वाहक अध्यक्ष आग्रीले माघ महिनाभित्र जिल्लाका सबै पालिकामा संगठनको अधिवेशन गर्ने अभियान अन्र्तगत दोधारा चाँदनीमा अधिवेशन भएको बताए । उनका अनुसार हालसम्म दोधारा चाँदनी सहित बेदकोट, शुुक्लाफाँटा र बेलडाँडी गाउँपालिकामा अधिवेशन गरिएका छन् ।

एमालेले सञ्चालन गरेको तीन महिने अभियान अन्र्तगत संगठन सुदृढीकरण अभियान सञ्चालन गरिएको उनले बताए । ‘अहिले वडा स्तरिय भेला गर्छौ, संगठित सदस्यहरुको संख्या बढाउँछौ, जिल्लालाई एमालेको लाल किल्ला बनाउने अभियान छ, हाम्रो मिसन ८४ को अभियानमा नगर सम्मेलन उपयोगी हुने आश राखेका छौ’ उनले भने ।

 

Himal dental
सम्बन्धित
Loading...