

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ स्थित बाल विद्या निकेतनले आफ्नो १२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयमा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ।

सो अवसरमा गत शौक्षिक सत्र २०८० मा कक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरकार वितरण गर्नुका साथै चालु शौक्षिक सत्रमा आयोजना गरिएका विभिन्न खेलकद तथा बौद्धिक विधाका प्रथम, द्वितीय र तृतिय स्थान हासिल गर्ने छात्र छात्रालाई पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा विद्यार्थीहरुले नृत्य ,मन्तव्य प्रस्तुत गरे ।
विद्यालयका प्रिन्सिपल कृष्ण सिह साउदले बार्षिक प्रतिवेदनका साथै स्वागत मन्तव्य राखे ।
