ghar sansar

उप सचिव परीक्षा उत्तीर्ण बेदकोट नगरपालिकाका तत्कालिन सहकारी शाखा प्रमुख ठकुरीलाई इन्द्रेणी कृषि सहकारीको सम्मान

khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकाका ९ सुन्दरपुरस्थित इ्रन्देणी कृषि सहकारी संस्था लिमिटेडले बेदकोट नगरपालिकाका  तत्कालिन  सहकारी शाखा प्रमुख पदम बहादुर ठकुराठीलाई सम्मान गरेको छ ।

सहकारी शाखा प्रमख ठकुराठीले लोक सेवा आयोगको परीक्षा कोशी प्रदेशबाट नवौं तह (उप सचिव ) नाम निकालेर सहकारी मन्त्रालयमा सिफारिश भएपछि शनिबार उनले सहकारी शाखा प्रमुख हुँदा सहकारी क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गदै दोसल्ला ओढाएर कदरपत्र प्रदान गरी सम्मान गरिएको छ ।

ratnam

ुसहकारीले आफुलाई सम्मान गरेर विधाई गरेपछि खुसिहुदै अधिकृत ठकुराठीले भने, मेरो एउटा अविसरणय क्षणहो मैले वेदकोट नगरपालिकाको सहकारी शाखा छन्जेल आफुले सकेसम्म नगरपालिका भित्र रहेका सहकारीहरुलाई सहकारी ऐन अनुसार कार्य खोजेको थिए, अव म वेदकोट नगरपालिकाबाट कोशी प्रदेशको सहकारी मन्त्रालयमा नै मन्त्रालयको उप सचिवमा सिफारीस भएको छौ, अहिले शुदुरपच्मिका युवाहारु विभिन्न उच्च तहमा नाम निकाल्न सफल हुदैछन, पहिले पुर्व तिरकाले शुदुरपश्चिममा आएर नाम निकाल्थे अहिले हरेक तहमा शुदुरपश्चिमका युवाहरुले नम निक्लन सफल हुने छन यो गर्व कुरा हो ।

dirghayi clinic

सम्मान तथा विधाई कार्यक्रमा बेदकोट नगरपालिका वडा नम्वर ९ का अध्यक्ष जनक वहादुर विष्ट थिए । सहकारीका अध्यक्ष शिवराज भट्टको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...