ghar sansar

कञ्चनपुर उद्योग बाणिज्य संघले महोत्सवको टिकटबाट एक रुपैँया पत्रकार महासंघलाई सहयोग गर्ने

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघले १२ फागुन गतदेखि खुला मञ्चमा आयोजना गर्ने सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा बिक्री हुन टिकटबाट नेपाल पत्रकार महासंघ कञ्चनपुरलाई सहयोग गर्ने भएको छ ।

संघले पत्रकार महासंघको पत्रकार कल्याण कोषका लागि महोत्सवमा बिक्री हुने प्रति टिकट एक रुपैँया महासंघलाई सहयोग गर्न लागेको हो । महोत्सव सम्बन्धि जानकारी गराउन मंगलबार संघमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष पिताम्बर जोशीले सामाजिक कार्य अन्र्तगत सहयोग गरिने बताए ।

,orning glory badhai

संघले महोत्सवमा बिक्री हुने टिकटको ५ रुपैँया विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने जानकारी दिएको छ । त्यसमध्ये दुई भम्केनी धामको नेपाल आमाको मूर्ति र बाँकी दुई रुपैँया सामाजिक कार्यमा खर्च गर्ने भएको छ ।

‘कृषि, उत्पादन र स्वरोजगार आर्थिक सम्बृद्धिका आधार’ भन्ने नाराका हुने महोत्सवको यो १६ औैँ संस्करण हो । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले महोत्सव उद्घाटन गर्ने छन् ।

dirghayi clinic

महोत्सवमा ३ सय स्टल राखिने भएका छन् । त्यसमा लघु उद्यम, अटो, कृषि, गार्मोन्टका उत्पादन, वैकल्पिक उर्जा, पर्यटन प्रर्बद्धन, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, कृषि औजार, सुचना प्रविधि, विद्युतीय समाग्री, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवाका छन् ।

सुदूरपश्चिम प्रदेशको लोक संस्कृति खानाका परिकार समेत प्रर्दशन गरिनेछन । ‘यस पटक हामीले थारु समुदायको संस्कृति खाद्य परिवार प्रर्बद्धनका गरिने अध्यक्ष जोशीले बताए ।

महोत्सव उद्घाटनमा उत्तराखण्ड प्रदेशका पर्यटन, साँस्कृतिक एव सिँचाईमन्त्री सतपाल महराज पनि सहभागी हुने छन् ।

वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको संयोजकत्वमा १ सय ५१ मूल आयोजक समिति विस्तार, १६ विषयगत समिति, स्टेरिङ्ग समिति तथा सल्लाहकार समिति गठन गरिएको छ । समितिमा संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल सह संयोजक, महासचिव खगेश्वर बोहरा सचिव छन् ।

संघका निर्वतमान अध्यक्ष जंग बहादुर मल्लको संयोजकत्वमा स्वागत तथा सत्कार उपसमिति, उपाध्यक्ष सुरेश गुरुङ्गको संयोजकत्वमा बाल उद्यान, उपाध्यक्ष धर्मसिह रावलको संयोजकत्वमा स्टल बुकिङ्ग, सचिव राहुल भट्टको संयोजकत्वमा साँस्कृतिक उप समिति, कोषाध्यक्ष चेकराज जोशीको संयोजकत्वका आर्थिक, टिकट व्यवस्थापन समिति संयोजकमा सदस्य नरेन्द्र प्रशाद जोशी, सदस्य प्रेम प्रकास पाठको संयोजकत्वमा कृषि तथा पर्यटन प्रर्बद्धन समिति, सदस्य प्रदिप पाल(रदिप आरक्षपीडित)को संयोजकत्वमा प्रंचारप्रसार समिति, सदस्य बिशाल सोनारको संयोजकत्वमा स्टल तथा मञ्च व्यवस्थापन समिति, सदस्य भोजराज अवस्थीको संयोजकत्वमा साउण्ड सिष्टम, सदस्य मिनराज भट्टको संयोजकत्वमा खानेपानी विद्युत सरसफाई उप समिति, सदस्य रामचन्द्र बुडाको संयोजकत्वमा ब्यानर तथा व्यवस्थापन उपसमिति, सदस्य तेज बहादुर चन्दको संयोजकत्वमा थारु गाँउ व्यवस्थापन समिति, सदस्य गोपाल सिह बुढापालको संयोजकत्वमा पार्किङ्ग व्यवस्थापन समिति विस्तार गरिएको छ । महोत्सवको तयारी युद्ध स्तरमा भईरहेको आयोजकले जनाएको छ ।

महोत्सव फागुन २१ गतेसम्म सञ्चालन हुनेछ ।

 

Himal dental
सम्बन्धित
Loading...