


महेन्द्रनगर । युनाईटेड पब्लिक सेकेन्ड्री स्कुलले १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयका अध्यक्ष देब सिह नाथको अध्यक्षतामा गरिएको कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका विज्ञान तथा प्रविधि शिक्षा संकाय प्रमुख भवानी चन्द ठकुरी प्रमुख अतिथि थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजेन्द्र सिह साउँदले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको छ । विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति गरे ।

