

महेन्द्रनगर । हिन्दू स्वयम् सेवक संघ नेपाल जिल्ला कञ्चनपुरले स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा राष्ट्रिय बाल विद्यालयमा गरिएको छ । भीममदत्त नगरपालिका र बेदकोट नगरपालिकाका ७० विद्यालयका २ हजार विद्यार्थी सहभागी भएका छन् ।
परीक्षामा ज्ञान बाटिका माध्यमिक विद्यालयकी राधिका शर्मा बहिनीले प्रथम स्थान हासिल गरी २१ हजार नगद पुरस्कार पाएकी छन् ।


लिटिल बुद्ध एकेडेमीका भाइ रोहित बम दोस्रो स्थान हासिल गर्दै १५ हजार नगद पुरस्कार गरेका छन् भने तृतीय स्थान रेडियन्ट माध्यमिक विद्यालयका हेमन्त ओझा ११ हजार पुरस्कार प्राप्त गरेका छ्न् ।

प्रतियोगितामा १० जना विद्यार्थीले एक हजार, १७ जना विद्यार्थी ५ सय दरले पुरस्कार जितेका छन् ।कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी कार्यक्रममा प्रमुख अतिथि थिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हिरा चन्द, कञ्चनपुर प्रहरी प्रमुख चक्रराज जोशी लगायत सहभागी भए ।



