


महेन्द्रनगर । भृकुटी माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र आग्रीको अध्यक्षतामा शुक्रबार सम्पन्न भेलाबाट नमिता दैलेखीको अध्यक्षतामा समिति गठन गरिएको छ ।
९ सदस्यीय समितिको शिक्षक प्रतिनिधिमा शिक्षक हिरा कुमारी भट्ट चयन भएका छन् । विद्यालयका प्रधानाध्यापक केशर सिह महरा, सहायक प्रधानाध्याक चक्र सिह महरा सहित विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, अभिभावक सहभागी कार्यक्रम सञ्चालन चन्द्र प्रकाश जोशीले गरेका थिए ।
