ghar sansar

लाल बहादुर खड्काका कारण महाकाली अस्पताललाई संघ सरकार मातहत राख्न नसकिएको भन्दै एमाले कञ्चनपुर इन्चार्ज पालले पोखिन आक्रोश

khasi

महेन्द्रनगर । एमाले कञ्चनपुर इन्चार्ज निरुदेबी पालले महाकाली प्रादेशिक अस्पताललाई संघ सरकार मातहत राख्ने आफ्नो प्रयास सुदूरपश्चिम सरकारका तत्कालिन सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले सफल हुन नदिएको बताएकी छन् ।

शुक्लाफाँटा नगरपालिकाको सभा कक्षमा शनिबार राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कञ्चनपुरको पाँचौ अधिवेशन उद्घाटन समारोहमा प्रमुख वक्ताको हैसियतमा मन्तव्य राख्दै उनले खड्काले आफ्नो आउने डरले हतारमा प्रादेशिक अस्पताल घोषणा गरेको उल्लेख गरिन् ।

ratnam

‘अघि कार्यक्रमका प्रमुख अतिथि कमरेडले भन्नु भयो, प्रदेश सरकारको बजेटबाट प्रादेशिक अस्पताल सञ्चालन हुन सक्दैन, त्यहीं भएर मैले महाकाली अञ्चल अस्पताललाई संघ सरकार मातहत ल्याउन प्रयास गर्दै आएकी थिई’ उनले भनिन्,‘मेरो त्यो प्रयास देखेर, लाल बहादुर खड्काले मेरो नाम आउने डरले हतारमा प्रादेशिक अस्पताल घोषणा गरि दिए ।’

प्रदेश सरकारको बजेटबाट महाकाली अस्पताल सञ्चालन हुन नसक्ने सोचेर आफूले संघ सरकार मातहत राख्न प्रयास गरेको इन्चार्ज पालको भनाई थियो ।

सुदूरपश्चिम प्रदेश सरकारका तत्कालिन मन्त्री खड्काले मन्त्री स्तरीय पहिलो निर्णयबाट महाकाली अस्पतालाई महाकाली प्रादेशिक अस्पताल बनाएका थिए । २०७४ को आम निर्वाचनमा एमालेबाट प्रदेश साँसद निर्वाचित भएका उनी एमाले छाडेर नेकपा एकीकृत समाजवादीबाट सामाजिक विकास मन्त्री भएका थिए ।

एमाले कञ्चनपुरका उपाध्यक्ष भई सकेका उनी हाल समाजवादीको कञ्चनपुर इन्चार्ज छन् । कार्यक्रममा एमाले इन्चार्ज पालले आफूलाई महाकाली प्रादेशिक अस्पतालको बारे धेरै कुरा जानकारी भएको र आफू साँसद हुँदा अस्पताल सुधारका लागि धेरै कार्य गरिएको दावी गरिन् ।

dirghayi clinic

महाकाली प्रादेशिक अस्पतालका कामकाज हेर्न आफू मास्क लगाएर समेत अस्पताल गएको उल्लेख गर्दैै उनले आफूलाई एमालेका तत्कालिन साँसद डा. दिपक प्रकाश भट्टले अस्पताल सुधारका साथ दिएको बताइन् ।

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समिति सदस्य भई सकेकी उनले आफू अस्पतालमा जन्मिएको र आफूलाई बुहारीलाई अस्पतालमा प्रसूती गराएको कार्यक्रममा उल्लेख गरिन् ।

‘मेरा जन्म नै त्यो अस्पतालमा भएको हो, म २०६२मा सदस्य पनि भए, त्यसको अध्यक्ष राजेन्द्र सिह रावल हुनु हुन्थ्यो’ उनले भनिन्,‘त्यस कारण मलाई अस्पतालको माया छ, मोह छ, ममता छ, म अस्पतालका सबै कुरा मलाई राम्रोसित थाह छ ।’

कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरुलाई उनले आफ्नो बुहारीको प्रसूती अस्पतालमा गराएको कुरा सुनाइन् । अस्पतालका तत्कालिन मेडिकल सुपरिटेन्डेन्ट डा. हरि कुमार श्रेष्ठले बुहारीलाई प्रसूतीका लागि काठमाडौं लैजाने कुरा गर्दा आफूले अस्पतालमा नै गराएको बताइन् ।

‘त्यो बेला प्रमुख हरि कुमार श्रेष्ठ हुनु हुन्थ्यो, वहाँले मेरो बुहारीलाई त काठमाडौं लैजाने होला भन्नु भयो, मैले भने हुँदैन, म किन लैजाउ, तपाई गर्नु होस भने, छोरा छोरी जे भए पनि गर्नुस होस भने, सफल भयो’ उनले भनिन्,‘त्यो बेला म त काठमाडौं लैजान सक्ने तर कमजोर मान्छेले कसरी काठमाडौं लैजान सक्छ भनेर मैले सोचे, त्यही भएर मैले त्यही गराए ।’

कार्यक्रममा इन्चार्ज पाल अघि मन्तव्य राखेका प्रमुख राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सचिव सिद्ध ढुङ्गानाले प्रदेश सरकारले प्रादेशिक अस्पताल व्यवस्थापन खर्च व्यहोर्न नसक्ने भएकाले संघ सरकार मातहत राख्नु पर्ने धारणा राखेका थिए ।

उनले प्रादेशिक अस्पताल व्यवस्थापन खर्चबाट देशभर निर्माणाधिन पालिका अस्पातल सञ्चालन गर्न सकिने बताए । सुदूरपश्चिमको महाकाली र सेती प्रादेशिक दुबै अस्पताललाई संघ सरकार मातहत ल्याउनु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एबम् शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महरा, एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थी, निजामति कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष महादेब जोशी लगायतले शुभ कामना मन्तव्य राखे ।

Himal dental
सम्बन्धित
Loading...