ghar sansar

सेनाको स्वास्थ्य शिविरबाट लालझाडीका साढे आठ सय बासिन्दा लाभावान्तित

little buddha academy
khasi

महेन्द्रनगर । नेपाली सेनाको श्री नं. २५ बाहिनीले लालझाडीमा सञ्चालित बृहत स्वास्थ्य शिविरबाट ८ सय ३४ वासिन्दाले सेवा लिएका छन् । शनिबार साँझसम्म सञ्चालन गरिएको शिविरमा ५ सय १६ जना महिला र ३१८ जना पुरुषले स्वास्थ्य परामर्श तथा उपचार सेवा लिएका छन् ।

श्री नं. २५ वाहिनी अड्डा अन्तर्गत श्री रुद्रध्वज गण र श्री श्रीदल गुल्मको संयोजकत्वमा तथा लालझाडी गाउँपालिकाको समन्वयमा आयोजित स्वास्थ्य शिविर श्री भानु माध्यमिक विद्यालय लालझाडी–२ कञ्जमा सम्पन्न भएको थियो । स्वास्थ्य शिविरमा विभिन्न रोगका विशेषज्ञहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरे ।

dirghayi clinic

शिविरमा सामान्य चिकित्सा, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसा रोग, नाक–कान–घाँटी, बाल रोग, छाला रोग, दन्त उपचार, फिजियोथेरापी तथा भिडियो एक्स–रे सेवा उपलब्ध गराइएको थियो । चिकित्सकहरूले सिफारिस गरेका औषधिहरू निःशुल्क वितरण गरिएको नेपाली सेनाको श्री नं. २५ बाहिनीका बाहिनीपति माधव थापाले जानकारी दिए ।

शिविरमा विशेष आवश्यकताका व्यक्तिहरूलाई ७ थान ह्विलचियर, ४ थान बैसाखी, १२ थान हेरिङ्ग एड, ५ थान डस्ना तथा म्याट्रेस वितरण गरिएको छ । यसका अतिरिक्त स्थानीय विद्यालयहरूलाई १३ थान स्यानेटरी प्याड डिस्पोजल मेसिन प्रदान गरिनुका साथै श्री भानु उच्च माध्यमिक विद्यालयलाई स्टेसनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य शिविरलाई सफल बनाउन सहयोग गरेकोमा महाकाली प्रादेशिक अस्पताल कञ्चनपुर, क्लिनिक नेपाल मेघौली चितवन, ब्युटिफुल माइन्ड फाउन्डेसन चितवन, पेन्मेट इन्डस्ट्रिज ललितपुर, एकर्ड फार्मास्युटिकल्स ललितपुर, डार्क फन्ट्यासी धनगढी र सरस्वती पुस्तक भण्डार लगायतका सङ्घसंस्थालाई प्रमुख अतिथि सुदूरपश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी प्रकाश देउजाले सम्मान पत्र प्रदान गरे ।

Himal dental
सम्बन्धित
Loading...