

महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओली महेन्द्रनगर आउन लागेका छन् । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोहमा सहभागी हुन उनी आउन लागेका छन् । विश्वविद्यालयका कुलपति प्रधानमन्त्री ओलीले दिक्षान्त समारोहको अध्यक्षता गर्ने छन् ।

उनी काठमाडांैबाट धनगढी हुुँदै महेन्द्रनगर आउन लागेका छन् । सालघारीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा दीक्षान्त समारोहमा राखिएको छ ।

दीक्षान्त समारोहपछि प्रधानमन्त्री ओली हेलिकप्टरबाट धनगढी फर्किने कार्यक्रम छ । प्रधानमन्त्रीले धनगढीमा सुदूरपश्चिम प्रदेश सभालाई विशेष सम्बोधन र धनगढी नगर सभा गृह उद्घाटन गर्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री ओली आजै धनगढीबाट काठमाडौं फर्किने कार्यक्रम छ ।
