ghar sansar

लागु औषध विरुद्ध संसदमै गर्जिए तामाङ्ग, भने– समाज खोक्रो बनाउँदैछ, महाअभियान चलाऔ

khasi

महेन्द्रनगर । नेकपा एमाले पार्टीका सांसद तारालामा तामाङले लागूऔषध अहिलेको मुख्य समस्या रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद तामाङले कञ्चनपुरमा लागूओैषध मुख्य चुनौतीका रुपमा रहेको बताएका हुन् ।

प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै तामाङले भने, ’सीमासँग जोडिएको मेरो गृह जिल्ला कञ्चनपुरमा लागू ओैषध मुख्य चुनौती बनेको छ ।

ratnam
dirghayi clinic

लागु औषध अपराध नियन्त्रणका लागि कठोर तथा ठोस नीति अवलम्बन गर्न सभामुख मार्फत गृहमन्त्रालय र नेपाल सरकारलाई रुलिङ गर्न सांसद तामाङले आग्रह गरेका छन् ।

उनले लागू औषध विरुद्धको महाअभियान थाल्न पनि आग्रह गरेका छन् । उनले भने, ‘भारतसंग सिमा जोडिएको जिल्लाहरुमा पनि सबैक्षेत्रको सकृय सहभागिमा महाअभियानहरु चलाउनु पर्ने देखिन्छ ।’

सांसद तामाङले कञ्चनपुर कारागारमा रहेका कैदीमध्ये ४५ प्रतिशत लागू ओैषधका कैदी मात्रै रहेकाले लागू औषधले समाजलाई खोक्रो बनाउँदै लगेको प्रति चिन्ता व्यक्त गरे ।

Himal dental
सम्बन्धित
Loading...