ghar sansar

एमाले कञ्चनपुर अध्यक्ष बुढाकै गृह नगरमा अखिलको लज्जास्पद हार, काँग्रेस नेवि संघको प्यानलै निर्वाचित

khasi

महेन्द्रनगर । कञ्चन बहुमुखी क्याम्पसमा सत्तारुढ काँग्रेसको नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनमा प्यानल सहित जितेको छ । संघका सुनिल ऐर सभापतिमा निर्वाचित भएका छन् ।

dirghayi clinic

उनले अनेरास्ववियुका राजेन्द्र खडकालाई ५४मतको अन्तरले हराएका छन । ऐरले १ सय ४४ र खडकाले ९० मत ल्याएका छन । यस्तै अखिल क्रान्तिकारीकी भावना भट्टले ६६, समाजवादी अनेरास्ववियुका खगेन्द्र भट्टले १३, स्वतन्त्र शिवशंकर विष्टले १४ मत ल्याएका छन ।

ratnam

सचिवमा नेवि संघले धन बहादुर कुँवर(१६९), कोषाध्यक्षमा भावना कुमारी कार्कीले(१४७)मत ल्याएर निर्वाचित भएका छन । यस्तै सदस्य तर्फ नेवि संघकै खेमराज भट्ट(१३८), निर्मला धामी(१२०), यशोदा खडका(१२७), पावर्तकी भट्ट(१२२) र गिता कुमारी बोहरा(११९)मतका साथ निर्वाचित भएका छन । कञ्चनमा ३सय ९४ मतदाता मध्ये ३सय ३४ मत खसेका थिए ।

कृष्णपुर नगरपालिका ५ गुलरियामा यो क्याम्पस पर्छ । कृष्णपुर एमाले कञ्चनपुर अध्यक्ष लक्ष्मी बुढाको गृह नगर हो ।

Himal dental
सम्बन्धित
Loading...