

महेन्द्रनगर । शिव मन्दिर व्यवस्थापन समिति महेन्द्रनगरको २० औं वार्षिक साधारण सभा तथा छैठौ अधिवेशन शनिबार सम्पन्न भएको छ ।

अधिवेशनबाट सूर्य बहादुर चन्द अध्यक्षमा चयन भएका छन् । समितिको उपाध्यक्षमा कृष्णानन्द लेखक, सचिव धिरेन्द्र बहादुर चन्द, सह सचिव सरस्वती शाह र कोषाध्यक्ष कृष्ण चन्द किसन चयन भएका छन् ।

समितिमा थानेश्वर लेखक, राजेश्वरी बम, जगदीश डगौरा, दिपिका पाल विष्ट, भुपेन्द्र जोशी र कञ्चन समाज सदस्य छन् ।
