ghar sansar

एमाले नेता चौधरीको निधन

khasi

महेन्द्रनगर । सत्तारुढ नेकपा एमालेका नेता माया राम चौधरी निधन भएको छ । कृष्णपुर नगरपालिका १ सुन्दरीफाँटाका चौधरीको मंगलबार निधन भएको छ ।

dirghayi clinic

चौधरी साविक कृष्णपुर गाविसका पूर्व उपाध्यक्ष हुन् । उनी २०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेबाट गाविस उपाध्यक्ष निर्वाचित भएका थिए ।

ratnam

चौधरी तत्कालिन कञ्चनपुर निर्वाचन क्षेत्र २ बाट ६४ को संविधान सभा सदस्य निर्वाचन लडेका थिए । एमाले कञ्चनपुरका उपाध्यक्ष लक्ष्मी बुढाले चौधरीको निधन उपचारका क्रममा निधन भएको जानकारी दिइन् ।

पछिल्लो समय चौधरी राजनीतिसंगै समाजसेवा र वन संरक्षणमा सक्रिय थिए । एमाले कञ्चनपुर अध्यक्ष बुढाले स्वर्गिय चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घर परिवारमा समवेदना दिएकी छन् ।

Himal dental
सम्बन्धित
Loading...